Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

राष्ट्र बैंकले रु १ अर्ब १० करोड मुद्धति निक्षेपमा लगानी गर्दै, २१५ दिनका लागि रकम मुद्दतिमा राखिने

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २३ गते २०८१
राष्ट्र बैंकले रु १ अर्ब १० करोड मुद्धति निक्षेपमा लगानी गर्दै, २१५ दिनका लागि रकम मुद्दतिमा राखिने

काठमाडौं। राष्ट्र बैंकले आज एउटा सूचना जारी गरेर राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जानकारी दिएकाे छ ।

राष्ट्र बैंकले रुपैयाँ १ अर्ब १० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सूचना जारी गरेकाे छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जानकारी दिएकाे छ ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा साे रकम मुद्दति निक्षेपमा राखिनेछ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रुपैयाँ ८८ करोड लगानी गर्ने जनाएकाे छ । यस्तै ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकका लागि रुपैयाँ १६ करोड ५० लाख तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रुपैयाँ ५ करोड ५० लाख मुद्दति निक्षेपमा राखिने भएकाे हाे ।

बैंकले जारी गरेकाे सूचना अनुसार २०८१ भदौ ४ गतेदेखि २०८१ चैत ९ गतेसम्म २१५ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने भएकाे छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले भदौ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। बैंकले जनाए अनुसार मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर पनि खुलाएर आवेदन दिन बैंकहरुलाई भनिएको छ।

Add a new comment