Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, पाँचै जनाको शव पोष्टमाटमको लागि लगियो

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २४ गते २०८१
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, पाँचै जनाको शव पोष्टमाटमको लागि लगियो

काठमाण्डौ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको हेलिकप्टर बुधबार दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुखले जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । स्रोतका अनुसार उक्त हेलिकप्टर चिनिया पर्यटक लिएर १ बजेर १४ मिनेटमा उडेको थियो । उक्त हेलिकप्टरमा क्याप्टेनसहित ४ जना सवार थिए । हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ ।

Add a new comment