Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २८ गते २०८१
आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यसै बीच काठमाडौँको पशुपतिनाथमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।
साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।
आजै काठमाडौँ उपत्यकाको पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, झापाको अर्जुनधारा लगायतका शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।

Add a new comment