निरन्तर बर्षाले जनजीवन अस्तब्यस्त, काठमाडौका धेरै भाग डुवानमा, धेरै स्थानमा सडक अवरुद्ध : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

निरन्तर बर्षाले जनजीवन अस्तब्यस्त, काठमाडौका धेरै भाग डुवानमा, धेरै स्थानमा सडक अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असाेज १२ गते २०८१

मेरो आर्थिक, १२ असोज, काठमाडौं । आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले दिनभर नै निरन्तर झरी पर्नेछ ।

अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ । नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ ।