चैत्र ५ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमा, उँधौली र यमरीपुन्हीको अवसरमा शुभकामना व्यक्त

मेरो आर्थिक मेरो आर्थिक मंसिर ३० गते २०८१ ११:५७ AM
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमा, उँधौली र यमरीपुन्हीको अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् ।

सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भने, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठुलो महत्त्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”

प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उँधौली पर्व मनाइने प्रचलन रहेको बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?