उपचारको क्रममा बालगायक सचिन परियारको निधन : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

उपचारको क्रममा बालगायक सचिन परियारको निधन

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०८१

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा बालगायक सचिन परियारको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।

भाइरल बालगायकका रुपमा परिचित सचिनले धेरै गीत गाएका छन्, साथै अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।त्यस्तै हास्य टेलिश्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिए ।