आज चाँदीको भाउ स्थिर, आज सुनकाे भाउ घट्याे : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

आज चाँदीको भाउ स्थिर, आज सुनकाे भाउ घट्याे

मेरो आर्थिक मेरो आर्थिक चैत्र ११ गते २०८१

साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ । मंगलबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाकाे १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाकाे १ लाख ७३ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।