सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता

मेरो आर्थिक मेरो आर्थिक चैत्र १३ गते २०८१

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।

शुक्रवार उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।