कृषि विकास बैंकले शाखा प्रमुखदेखि लेखापाल पदसम्मका लागि कर्मचारी माग
मेरो आर्थिक
चैत्र २२ गते २०८१
समयः ४:२० pm

कृषि विकास बैंकले ठु्लो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रमुखदेखि लेखापाल पदसम्मका लागि १ सय १८ जना कर्मचारी माग गरेको हो।
बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्यूटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना, लेखपाल (मधेश प्रदेशका लागि) ३५ जना, बागमती प्रदेशका लागि १५ जना र लुम्बिनी प्रदेशका लागि ९ जना माग गरेको हो।
तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले आगामी वैशाख ११ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०८२ वैशाख १८ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।
