गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । गत बिहीबार थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले गगन थापाको अभिव्यक्तिविरुद्ध दिएको मुद्दा दर्ता भएको जानकारी दिए ।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्र, अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा कांग्रेस महामन्त्री थापाले भनेका थिए, ‘अहिले सम्मानित सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई अढाइ, तीन वर्षदेखि तलाई हान्दिउँ, हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भयाइनभ्याइ भन्छ । कहिले भोलि हेर्ने भन्छ, पर्सि हेर्ने भन्छ । त्यसले अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’
एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेका काम, त्यसमा नियुक्ति भएका मानिसहरूको कार्यकाल सकिन लागिसक्दा पनि त्यो ठिक थियो कि बेठिक भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चार-साढे चार वर्ष समय लाग्छ भन्दै उनले प्रश्न गरेका थिए । उनले प्रश्न गरे, ‘जसरी यो विषयलाई अदालतले डिल ग¥यो, त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?’