अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३० गते २०८२

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ  मन्त्री  विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको हो ।

उक्त पत्रमा यातायात क्षेत्रलाई अझै व्यवस्थित बनाउन, तेस्रो पक्ष दुर्घटना बिमा सम्बोधन गर्न तथा अन्य समस्या समाधान गर्नको लागि सडक दुर्घटना प्राधिकरण स्थापना गर्न आग्रह गरिएको छ ।  पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४औँ वार्षिक साधारण सभाबाट बनेको कम्पनी अध्ययन कमिटीका संयोजक  पङ्कज राईले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।