खानेपानीमन्त्री यादव स्पेन प्रस्थान : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गरेका हुन् ।

यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चान हुनेछ । उक्त कार्यक्रममा भागलीनका लागि मन्त्री यादव सहित मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेका छन् ।

विकासका लागि वित्तसम्बन्धी उक्त सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् ।

स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’ का लागि राष्ट्रंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन पुगिसकेका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?