संघीय संसदका पाँच समितिको बैठक बस्दै : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

संघीय संसदका पाँच समितिको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । 

आज प्रतिनिधिसभाका पूर्वाधार विकास समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।

आज अपराहन्न २ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ को सम्बन्धमा संशोधन दर्ता गराउने सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान ११ बजेदेखि बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदा माथि आन्तरिक छलफल हुने कार्यतालिका रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदिको पुलको विषयमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?