माघ २१ गते २०८२ --:--:--
मेनु

इङल्याण्डविरुद्धको टेस्टको पहिलो इनिंगमा भारत ५८७ रनमा अल आउट

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२ १०:२७ PM
इङल्याण्डविरुद्धको टेस्टको पहिलो इनिंगमा भारत ५८७ रनमा अल आउट

काठमाडौँ ।  भारत इङल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा ५८७ रनमा अल आउट भएको छ । टेस्ट खेलको दोस्रो दिन भारत ५८७ रन बनाएर अल आउट भएको हो ।

भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक २६९ रन बनाएर आउट भएका थिए । गिलको टेस्ट क्रिकेटमा यो पहिलो दोहोरो शतक हो ।

त्यसैगरी भारतका लागि रविन्द्र जडेजाले ८९ रन बनाएका थिए भने यशस्वी जैसवालले ८७ रन र वाशिंगटन सुन्दरले ४२ र ऋषव पन्तले २५ रन बनाएका थिए ।

त्यसैगरी भारतका बलर शोयब बशीरले ३ विकेट लिए भने क्रिस वोक्स र जोस टंगले २-२ विकेट लिए । त्यसैगरी ब्राइडन कार्स, जो रुट र बेन स्टोक्सले एक एक विकेट लिए । अब इङल्याण्डले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गर्दैछ ।

५ खेलको टेस्ट सिरिजमा इङल्याण्डले पहिलो टेस्ट जितेर १-० ले अगाडी रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?