चैत्र ८ गते २०८२ --:--:--
मेनु

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरो आर्थिक मेरो आर्थिक असाेज २७ गते २०८२ ६:२३ AM
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर मौसम मुख्यतया सफा रहने छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?