पौष २ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको वार्तामा के के भयो ?

मेरो आर्थिक मेरो आर्थिक मंसिर २३ गते २०८२ ६:१७ AM
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको वार्तामा के के भयो ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तापछि प्रसाईंले आफ्ना माग प्रधानमन्त्री कार्यालयमा टेबल गर्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

प्रसाईंले प्रधानमन्त्री कार्कीले आफुहरुले राखेका माग अध्ययन गरेर पुस २ गते जवाफ दिने बताएको जानकारी गराएका छन् । प्रसाईले भने- ‘प्रधानमन्त्रीले भन्नुभयो म सबै कुरा अध्ययन गर्छु, म सकारात्मक छु र आउने पुसको २ गते हामीले डिसिजन दिन्छौं भन्नु भएको छ ।’

साथै प्रसाईंले आफुले फागुन २१ गते चुनाव नहुने बताएको जानकारी दिदै अब यो व्यवस्था ठिक छ या छैन भन्ने विषयमा जनमतसंग्रहमा जान प्रस्ताव गरेको बताए । प्रसाईंले आफ्ना माग पुरा नभए चुनाव नहुने ठोकुवा गरेका छन् ।   

सोमवार प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा द्विपक्षीय वार्ता भएको थियो । प्रसाईँले राजसंस्था पुन:स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् र उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?