पौष १० गते २०८२ --:--:--
मेनु

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरो आर्थिक मेरो आर्थिक पौष १० गते २०८२ ६:३५ AM
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको जानकारी दिएको छ ।

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।

आज दिउँसो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

त्यस्तै आज राती देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?