फागुन २० गते २०८२ --:--:--
मेनु

आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने, धादिङ-१ को पाइन् टिकट

मेरो आर्थिक मेरो आर्थिक माघ ५ गते २०८२ १:५२ PM
आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने, धादिङ-१ को पाइन् टिकट

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् ।

रास्वपाले आशिकालाई धादिङ-१ बाट टिकट दिएको हो । आशिकाले यसअघि काठमाडौंबाट चुनाव लड्ने बताएकी थिइन् । रास्वपाको समानुपतिक सूचिको समेत कडा आलोचना गरेकी आशिकाले अन्तत: रास्वपाबाटै उम्मेदवार बनेकी छन् ।

जेनजी आन्दोलनपछि आन्दोलनका घाइते र शहिद परिवारलाई उनले गरेको सहयोगको चौतर्फी प्रसंशा गरिएको छ । जेनजी आन्दोलन अघि पनि उनले देशका विभिन्न स्थानमा सरसफाइसहित भ्रष्टाचारविरुद्ध अभियान चलाउदै आएकी थिइन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?