काठमाडौं । सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिएका छन् । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो । असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदै थियो ।
आजको बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्ने निर्णय समेत गरेको छ ।













