माघ २१ गते २०८२ --:--:--
मेनु

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

मेरो आर्थिक मेरो आर्थिक माघ २० गते २०८२ ८:४७ PM
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

त्यस्तै आजको बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहिदहरूको सालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरूयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?