माघ २१ गते २०८२ --:--:--
मेनु

समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सूची सार्बजनिक

मेरो आर्थिक मेरो आर्थिक माघ २१ गते २०८२ ६:२३ AM
समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सूची सार्बजनिक

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्बजनिक गरेको छ ।

आयोगले राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशित गरेको थियो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम प्रकाशन गरिएको जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार ७७२ महिला र एक ३६३ पुरूष उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?