माघ २१ गते २०८२ --:--:--
मेनु

कस्तो छ आजको मौसम पूर्वानुमान ?

मेरो आर्थिक मेरो आर्थिक माघ २१ गते २०८२ ६:२६ AM
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

हाल बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु-कुहिरो रहनेछ। कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमाहल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?