माघ २५ गते २०८२ --:--:--
मेनु

धादिङको १० किलोमा दुई बस ठोक्किए: एक स्थानीयको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०८२ १:५९ PM
धादिङको १० किलोमा दुई बस ठोक्किए: एक स्थानीयको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको १० किलोमा दुई बस आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा एक स्थानीयको मृत्यु भएको छ भने केही यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती ००६ ख ५२०८ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ठक्करपछि दाङबाट काठमाडौँ आउँदै गरेको बस अनियन्त्रित भई सडकछेउस्थित स्थानीयको घरभित्र घुसेको थियो । बस घरभित्र छिर्दा चिया पिउँदै गरेका एक स्थानीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घाइतेहरूको संख्या यकिन भइनसकेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइँदै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?