माघ २५ गते २०८२ --:--:--
मेनु

बालेनको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०८२ ५:५१ PM
बालेनको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको चप्पल कारखानास्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगर-१६ का ४२ वर्षीय मनिष राजवहाक, सिन्धपुाल्चोक लिसंखुपाखर-६ घर भइ काठमाडौं-३१ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का र डोटी दिपायल वसलगढी- ६ भइ धादिङ धुनिबेँसी नगरपालिका-७ का ४५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

परिसरका अनुसार राजवहाक जेनजी आन्दोलनका क्रममा २४ भदौंमा नख्खु कारागारबाट भागेका कैदी हुन् । उनी माघ २३ गते बाँसबारी क्षेत्रबाट पक्राउ परेका थिए ।

यस्तै, खिमबहादुर खड्कालाई हिजो शनिबार प्रहरीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हुन् । संजय श्रेष्ठलाई भने प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । श्रेष्ठविरुद्ध पनि यसअघि जबर्जस्ती करणी मुद्दा लागेको प्रहरीको भनाइ छ । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसीक्यामेरालगायत सामान बरामद गरेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?