माघ २६ गते २०८२ --:--:--
मेनु

लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध मुद्धा दायर

मेरो आर्थिक मेरो आर्थिक माघ २६ गते २०८२ ६:३३ AM
लाइसेन्स वितरणमा अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ७ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दाह दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरणमा अस्वाभाविक रुपमा धेरै परीक्षार्थी सहभागी गराएर अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटा, तत्कालीन मेकानिकल सुपरभाइजर शम्भु दाहाल, तत्कालीन नायब सुब्बा धनसिहं थापा, तत्कालीन कम्प्युटर अपरेटर जागेश्वर थारु र तत्कालीन खरिदार मिलन बुढथापाविरुद्ध मुद्धा दायर गर्दै कानुन अनुसार कारवाहीको माग गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?