माघ २८ गते २०८२ --:--:--
मेनु

अवैध लागूऔषध खैरो हेरोइनसहित हेटौडाबाट दुई जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ २८ गते २०८२ २:१४ PM
अवैध लागूऔषध खैरो हेरोइनसहित हेटौडाबाट दुई जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय २० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने २४ वर्षीय सुवर्ण घलान र मनहरी गाउँपालिका-३ पालदमार बस्ने २४ वर्षीय बिजय मोक्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?