सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्गमा आइतबार भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ ।
सोलुखुम्बुबाट काठमाडौतर्फ जाँदै गरेको ना.१ ज ४६२३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब ८ बर्षका अषिक बयलकोटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा गोलन्जोर आधारभूत अस्पतालमा दिउँसो ३:३५ बजे मृत्यु घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सुमो चालक गोपाल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको मृत्यु पछि स्थानीयले मध्य पहाडी लोकमार्ग अवरुद्ध गरेका छन् ।













