रौतहट । जिल्ला प्रशासन कार्यालय, रौतहटले धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीचको एकता, शान्ति र सद्भाव कायम गर्न सबैलाई अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गौर न.पा.-६ स्थित सबगढा गाँउमा भएको विवादलाई लिई स्थानीय समुदायलाई उत्तेजित बनाउने र समुदाय समुदाय वीच मनमुटावको स्थिति सिर्जना गर्न खोजेको घटना प्रति जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रशासनले भनेको छ- ‘मिति २०८२ । ११।०७ गते बेलुकी ९:३० बजेको समयमा गौर न.पा.-६ स्थित सबगढा गाँउमा भएको विवादलाई लिई स्थानीय समुदायलाई उत्तेजित बनाउने र समुदाय समुदाय वीच मनमुटावको स्थिति सिर्जना गर्न खोजेको घटना प्रति जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घटनाका सम्बन्धमा स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा स्थानीय समुदायका अगुवाहरु वीच छलफल गरी देखिएका समस्याको लिखित रुपमै समाधान गरिएकोमा पुन: परिस्थिति असामाञ्जस्य बन्दै गएको हुँदा कर्फ्यू आदेश जारी गर्नुपर्ने अवस्था श्रृजना भएको छ । यस्तो अवस्था जारी हुँदा स्थानीय नागरिककै धनजनको क्षति हुने व्यहोरा विदितै छ ।’
प्रशासनले धार्मिक, सामाजिक र सांस्कृतिक विविधता विचको एकता, शान्ति र सद्भाव कायम गर्न सम्पूर्ण राजनीतिक दल, नेतृत्व वर्ग, जनप्रतिनिधिहरु, स्थानीय सरकारहरु, सामाजिक अभियन्ता तथा धार्मिक अगुवाहरु, समाजसेवी बुद्धिजीवी, गैरसरकारी संघसंस्था तथा उद्योगी व्यवसायीहरु, संचारकर्मीहरु, नागरिक समाजका अगुवाहरु, शिक्षक, विद्यार्थी तथा नवयुवाहरु, कर्मचारी तथा सुरक्षाकर्मीहरु तथा रौतहटवासी नागरिकहरुको सार्थक पहल गर्न अपिल गरेको छ ।













