फागुन १० गते २०८२ --:--:--
मेनु

जबरजस्ती करणी आरोपमा पाल्पाबाट युवक पक्राउ

मेरो आर्थिक मेरो आर्थिक फागुन १० गते २०८२ १:२१ PM
जबरजस्ती करणी आरोपमा पाल्पाबाट युवक पक्राउ

पाल्पा । पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय रेम बहादुर ठाडालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित पक्षबाट उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?