फागुन १२ गते २०८२ --:--:--
मेनु

साम्बाको निःशुल्क उपचार गर्न काठमाडौं मेडिकल कलेजको प्रस्ताव

मेरो आर्थिक मेरो आर्थिक फागुन १२ गते २०८२ ६:२६ AM
साम्बाको निःशुल्क उपचार गर्न काठमाडौं मेडिकल कलेजको प्रस्ताव

काठमाडौं ।  काठमाडौं मेडिकल कलेजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क रूपमा गरिदिने प्रस्ताव गरेको छ ।

पछिल्ला सात हप्तादेखि घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बाले यसअघि कतारस्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । हाल राखिएको ग्राफ्ट र एमसिएलमा पुनः समस्या देखिएपछि फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन् ।

यसै सन्दर्भमा काठमाडौं मेडिकल कलेजले राष्ट्रकी गहना मानिएकी साम्बा नेपालमै उपचार गर्न इच्छुक भए सम्पूर्ण उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । कलेजले आधुनिक उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै राष्ट्रिय खेलाडीप्रति आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्यबोध स्पष्ट पारेको छ ।

कलेजका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बाको उपचारप्रति संस्था गम्भीर, जिम्मेवार र संवेदनशील रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?