काठमाडौँ । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी नियन्त्रणमा लिइएको छ ।
ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा तुरुन्तै परिचालन भएकाले आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रण गर्न काठमाडौँ महानगर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको थियो । आगलागीको कारण र नोक्सानी बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














