फागुन २१ गते २०८२ --:--:--
मेनु

मतदानको समय साँझ ५ बजेदेखि समाप्त, छिटफुट घटना बाहेको मतदान शान्तिपूर्ण

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०८२ ५:२७ PM
मतदानको समय साँझ ५ बजेदेखि समाप्त, छिटफुट घटना बाहेको मतदान शान्तिपूर्ण

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर सञ्चालन भएको मतदान प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे निर्धारित समयअनुसार सकिएको हो।

आयोगले स्पष्ट पारेअनुसार साँझ ५ बजेसम्म मतदान केन्द्र परिसरभित्र प्रवेश गरिसकेका मतदाताले भने आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्। समयसीमा नाघेपछि केन्द्रमा आउनेलाई भने प्रवेश दिइने छैन।

प्रारम्भिक विवरणअनुसार देशभर छिटफुट घटनाबाहेक मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। केही स्थानमा सामान्य विवाद र तनाव देखिए पनि सुरक्षा निकायको सक्रियतामा अवस्था नियन्त्रणमा लिइएको थियो।

दोलखा र सर्लाहीलगायतका जिल्लामा केही समय तनावको स्थिति सिर्जना भए पनि आम रूपमा निर्वाचन प्रक्रिया अवरोधबिना अघि बढेको आयोगको भनाइ छ। सुरक्षा व्यवस्था कडा बनाइएकाले अधिकांश स्थानमा मतदाताले सहज वातावरणमा मतदान गर्न पाएका थिए।

हालसम्म प्राप्त प्रारम्भिक तथ्यांकअनुसार देशभर ५० प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ। यद्यपि विस्तृत र आधिकारिक मतप्रतिशत सार्वजनिक गर्न केही समय लाग्ने आयोगले जनाएको छ। विभिन्न जिल्लाबाट विवरण संकलन भइरहेको र औपचारिक आँकडा क्रमशः सार्वजनिक गरिने तयारी रहेको आयोगको भनाइ छ।

मतदान सम्पन्न भएसँगै अब मतपेटिका सुरक्षित रूपमा संकलन गरी तोकिएको मतगणना स्थलमा पुर्‍याउने प्रक्रिया सुरु हुनेछ। आयोगले मतगणना कार्य पनि पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गरिने जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?