चैत्र ७ गते २०८२ --:--:--
मेनु

नेपालको स्वतन्त्रताको आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक छ- राष्ट्रपति पौडेल

मेरो आर्थिक मेरो आर्थिक चैत्र ७ गते २०८२ ९:१७ PM
नेपालको स्वतन्त्रताको आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक छ- राष्ट्रपति पौडेल
/fi6«klt kf}8]n–z'esfdgf dGtJo sf7df8f}F, @* df3 M /fi6«klt /fdrGb| kf}8]n cfOtaf/ clVtof/ b'?kof]u cg';Gwfg cfof]usf] ##cf}F :yfkgf lbj;sf sfo{qmddf z'esfdgf dGtJo JoQm ub}{ . tl:a/ M /Tg >]i7÷ /f;;

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक सङ्घर्ष र बलिदानी पूर्ण आन्दोलनमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन् ।

मधेशी आयोगको सातौँ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती आन्दोलनमा अभिव्यक्त स्वतन्त्रता, सहभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना रहेको बताए ।

उनले भने- ‘यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु ।’

उनले नेपाल एक बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र हो भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्त्वपूर्ण रहेको बताए । 

ऐतिहासिक रूपमा केही समुदाय-विशेषत: मधेसी समुदाय-राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उनको भनाई थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?