चैत्र ८ गते २०८२ --:--:--
मेनु

कपिलवस्तुमा सर्बदलीय बैठक बस्दै, महाराजगञ्जमा निषेधाज्ञा कायमै

मेरो आर्थिक मेरो आर्थिक चैत्र ८ गते २०८२ १०:२८ AM
कपिलवस्तुमा सर्बदलीय बैठक बस्दै, महाराजगञ्जमा निषेधाज्ञा कायमै

बुटवल । कपिलवस्तुको महाराजगञ्जमा देखिएको दुई समुदायबीचको विवाद बारे थप निर्णय लिने सर्बदलीय बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यलय, कपिलवस्तुका अनुसार बैठकले शनिबारदेखि लगाइएको निषेधाज्ञाबारे थप निर्णय लिन आज बिहान सर्वदलीय बैठक बस्न लागेको हो । जिल्ला प्रशासनले शनिबार दिउँसो २ बजेदेखि लागू गरिएको निषेधाज्ञा अहिले पनि कायमै नै रहेको छ ।

महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो  ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सूचनाअनुसार महाराजगञ्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।

घटना नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । महाराजगन्ज नगरपालिकामा निषेधाज्ञाकाबीच भएको घटनामा ५ जना प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् । प्रशासनले ठुलो घटना हुन नदिन बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?