काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं उपत्यकाका केही स्थानमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ।
प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका विद्युत् पोलहरू प्रतिस्थापन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्र अन्तर्गत इमाडोल फिडरमा जोडिएका क्षेत्रहरूमा विद्युत् कटौती गर्न लागिएको हो। यस क्रममा नरेफाट, सिसिआरसी कलेज वरपर तथा सूर्यकोट मार्ग आसपासका क्षेत्रमा रहेका ११ केभी क्षमताका पोलहरू परिवर्तन गरिने जनाइएको छ।
सूचना अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रभावित हुनेछ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले उपभोक्तासँग क्षमायाचना गरेको छ।













