Skip to content
logo
माघ १६ गते २०८१ समयः

मात्र ५० रूपैयाँको टपअपमा खल्तीबाट आइफोन जित्ने मौका

मेरो आर्थिक
मेरो आर्थिक
पौष २९ गते २०७९
मात्र ५० रूपैयाँको टपअपमा खल्तीबाट आइफोन जित्ने मौका

खल्तीले फेरी पनि “खल्ती मा आइफोन १४” ल्याएको छ जस अन्तर्गत प्रयोगकर्ताले मात्र ५० रूपैयाँमा आइफोन १४ जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले ५० रूपैयाँको मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन्। साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्।

आइफोन १४ प्रतिको उत्सुकतालाई थप आकर्शित बनाउँदै खल्तीले ५० रूपैयाँ आईफोन १४ जित्नको लागि यो अफर ल्याएको हो। खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको “खल्तीमा आइफोन १४” खण्डबाट टपअप गर्नुपर्छ।

अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्। यो अफर पौष २८ देखि फागुन १६ सम्म लागु हुनेछ।

यस लगतै, खल्तीको हाल चलिरहेको “खल्ती मा बैंक लिंक” अफर अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेकोछ। “खल्तीमा आइफोन १४” मा टपअप गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरि यो अफरमा पनि सहभागी जनाउन सक्नेछन्।

Add a new comment