Skip to content
logo
भाद्र ३१ गते २०८१ समयः

पर्यटनमन्त्रीद्धारा आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्न प्राधिकरणलाई निर्देशन

मेरो आर्थिक
मेरो आर्थिक
माघ ६ गते २०७९
पर्यटनमन्त्रीद्धारा आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्न प्राधिकरणलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्राधिकरणबाट ब्रिफिङ लिने क्रममा मन्त्री किरातीले वित्तीय र आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए ।

उनले प्राधिकरणमार्फत सञ्चालित विकास निर्माणका काम समयमै परिणाममुखी ढंगले सम्पन्न गर्न समेत निर्देशन दिए । हवाई सुरक्षामा अधिकतम ध्यान दिन आग्रह गर्दै उनले नागरिकलाई प्रदान गरिने सेवा प्रति प्रतिबद्ध रहन समेत निर्देशन दिएका छन् । उनले गुणस्तरीय एवम् चुस्त सेवा प्रवाहमा समेत ध्यान दिन प्राधिकरणलाई आग्रह गरेका छन् । सो अवसरमा प्राधिकरणले प्राधिकरणको जिम्मेवारी, आयोजना, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विमानस्थलहरुको अवस्था र हवाई सेवा तथा उडान सुरक्षाबारे जानकारी गराएको थियो ।

Add a new comment