Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

ग्यास बिस्फोट हुँदा सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन, भण्डारीलाई उपचारका लागि भारत लगिँदै

मेरो आर्थिक
मेरो आर्थिक
फागुन ४ गते २०७९
ग्यास बिस्फोट हुँदा सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन, भण्डारीलाई उपचारका लागि भारत लगिँदै

सांसद चन्द्र भण्डारीको घरमा बुधबार राती ग्यास सिलिन्डर बिस्फोट भयो । गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारी र आमा हरिकला भण्डारीलाई उपचारकालागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

अस्पतालका अनुसार बिहान १० बजेर ५७ मिनेटमा भण्डारीको मृत्यु भएको हो । सासंद भण्डारीको अनुहार, दुबै हात र दुबै गोडाहरूमा जलन भएको र स्वासनलीमा तातो हावा र धुँवाको कारणले जलन भएको हुनसक्ने संभावना देखिएको मेडिकल निर्देशक डा. निजिना ताम्राकारले बताएकी छिन् । जसकारण सो अस्पतालको श्रोत र साधनको अवस्थामा उनको उपचार नेपालमा सहज नहुने देखेको भन्दै देशबाहिरको सुविधासम्पन्न स्वास्थ्य संस्थामा स्थानान्तरण गर्न सिफारिस पनि गरेकी छिन् ।

गुल्मी निर्वाचन क्षेत्र नं.१ का संघीय सांसद नेपाली कांग्रेस नेता चन्द्र भण्डारीको बुद्धनगर काठमाडौस्थित निवासमा ग्यास सिलिन्डर बिस्फोट भएको थियो ।

उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

Add a new comment