माघ २२ गते २०८२ --:--:--
मेनु

चैत २ देखि ‘मुन्द्रेको कमेडी क्लब प्रसारण

मेरो आर्थिक मेरो आर्थिक फागुन १० गते २०७९ ९:४२ AM
चैत २ देखि ‘मुन्द्रेको कमेडी क्लब प्रसारण

अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को औपचारिक घोषणा गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा शोको टिमबारे जानकारी दिइयो ।

यसअघि पनि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो कार्यक्रम कान्तिपुर टिभीमा प्रसारण हुनेछ । दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षता अभिनेत्री प्रियंका कार्की गर्नेछिन् ।

की – इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि प्रसारण हुने भएको छ भने प्रत्येक साता विहिबार राती ९ बजे कान्तिपुर टिभीमा हेर्न पाईनेछ ।

दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटासहितका कलाकार कार्यक्रममा प्रस्तुत हुने भएका छन् । कार्यक्रम संयोजकमा सुमन गिरी भान्जा छन् ।

प्रेसमिटमा उपस्थित निर्देशक डीसीले नयाँ मिडिया र आधुनिक दर्शकलाई समेत लक्षित गरि कार्यक्रम बनाउन लागिएको बताए ।
यो शो ५२ एपिसोड प्रसारण गर्ने तयारी छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?