चर्चित गायिका रचना रिमालको स्वरमा रहेको जय माँ पाथीभरा बोलको भजन भर्खरै सार्वजनिक भएको छ ।
पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो ।
दिनेश कोइरालाको अभिनय रहेको उक्त भजनमा कलर तथा सम्पादन रचनाकार दाहालकै रहेको छ ।













