माघ २२ गते २०८२ --:--:--
मेनु

सवारी दुर्घटनामा परि तीनको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक फागुन १६ गते २०७९ ५:५३ AM
सवारी दुर्घटनामा परि तीनको मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो ।

सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका–३ का सञ्जय चौधरी, राजकुमारी चौधरी र हरेराम साहको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरो पिकअपमा रहेका दुई घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिँदा तत्कालै मृत्यु भएको छ । दुवै सवारीमा सवार १२ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका विराटनगर पठाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?