ट्राफिक प्रहरीले गर्यो सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम
मेरो आर्थिक
फागुन १७ गते २०७९
समयः ८:०२ am
ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने कुरालाई मध्नजर गर्दै सडकमै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको थियो ।
ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैँसेपाटीमा दुईजना चालकलाई सडक सुरक्षा सचेतना दिइएको हो ।
कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना तथा त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको हो । तीव्र गति, आरक्षण सिट, रातोबत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको सो कार्यालयले जनाएको छ ।