Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरु सम्मानित

मेरो आर्थिक
मेरो आर्थिक
फागुन २३ गते २०७९
विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरु सम्मानित

नेपाल महिला चेम्बरले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरूलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा उद्योगतर्फ सुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली, आईटीतर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ रहेका छन् ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यमा शुक्रबार कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । त्यसैगरी सांस्कृतिक कार्यक्रम अन्तर्गत सुशीला आर्टस् एकेडेमीका कलाकारहरूले रिदम र सोल थिममा आधारित रही सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आयोगकी सदस्य पौडेल खतिवडाले नेपाल सामाजिक संरचनामा विविधतापूर्ण रहेको उल्लेख गर्दै महिलाहरू हिंसामा प्रभावित भएको घटना बढ्दै गएको जानकारी दिइन् ।

चेम्बरकी अध्यक्ष श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले महिलाहरूलाई अघि बढ्न हौसला मिल्ने बताउनुहुँदै विश्वभरमा अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य रहेको उल्लेख गरिन् । अध्यक्ष श्रेष्ठले महिलाहरूलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागिता एवम् प्रतिनिधित्व अर्थपूर्ण हुने बताइन् ।

Add a new comment