माघ २२ गते २०८२ --:--:--
मेनु

बुधबारसम्म मौसम सामान्य बदली रहने

मेरो आर्थिक मेरो आर्थिक चैत्र ६ गते २०७९ ७:२३ AM
बुधबारसम्म मौसम सामान्य बदली रहने

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।

सोमबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार र बुधबार पनि थोरै स्थानहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?