Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सहकारी संस्थाका ब्यस्थापकहरुका लागी लेखा ब्यवस्थापन तालिम सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २६ गते २०८०
सहकारी संस्थाका ब्यस्थापकहरुका लागी लेखा ब्यवस्थापन तालिम सम्पन्न

सहकारी प्रशिक्षालय बाँकेको आयोजना र जिल्ला सहकारी संघ प्यूठानको समन्वयनमा  संचालित लेखा ब्यवस्थापन तालिम सम्पन्न भएको छ । प्यूठान जिल्लामा रहेका बिभिन्न सहकारी संस्थाका ब्यस्थापकहरुका लागी ६ दिने लेखा ब्यवस्थापन तालिम बिहिबार सम्पन्न भएको थियो ।

माण्डवी गाउँपालिका -३ (JIDCO) को सभाहलमा संचालन भएको  प्यूठानमा रहेका बिभिन्न बिषयगत सहकारी र बचत तथा ऋण गरी २४ जना सहभागीलाई  लेखा व्यस्थापन तालिम प्रदान गरिएको  थियो ।

प्रशिक्षालय केन्द्र बाँकेका प्राचार्य बिनोद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम पमुख अतिथि सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेल, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले तालिमबाट सहकारी ब्यवस्थापनमा सहयोग मिल्ने बिश्वास ब्यक्त गरेका थिए ।

सहभागीले तालिम आफूहरुको लागि उपलब्धिपूर्ण भएको र व्यवहारमा पनि लागु गर्ने बताएका थिए । उक्त तालिम शुक्रबारबाट संचालन भएको थियो ।

Add a new comment