Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने

मेरो आर्थिक
मेरो आर्थिक
असार ३ गते २०८०
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने

भोली अर्थात (सोमबार ) देखि काठमाडौ महानगरका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशनमा भोलिदेखि उपत्यकाका सबै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय भएको हो ।
भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय फिल्म रोक्न निर्देशन दिएका छन् ।
शाहले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गर्दै पत्र लेखेको बताईएको छ ।

Add a new comment