गााडी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंह घाइते : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

गााडी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंह घाइते

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८०

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था चिन्ताजनक रहेको छ ।

अन्य ३ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनीहरूलाई सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ । जोशीका अनुसार एक जनाको अवस्था भने सामान्य रहेको छ ।

उक्त गाडीमा मन्त्री सिंहसहित उनीकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी सवार थिए । यस्तै चालक धर्मराज जोशी पनि घाइते भएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?