Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

दयाहाङ पछि ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित

मेरो आर्थिक
मेरो आर्थिक
असार ७ गते २०८०
दयाहाङ पछि ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित

फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यसअघि फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई अनुबन्धित भैइसकेका छन् ।

सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।

यम शेर्पाको निर्देशनमा पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

Add a new comment