मुख्य मन्त्रीद्वारा त्रिवेणी धाममा त्रिशुल स्थापना
मेरो आर्थिक
असार १७ गते २०८०
समयः ११:४४ am
प्युठान । लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले धार्मिक तीर्थस्थल त्रिबेणी धाममा त्रिशुल स्थापना गराएका छन् । माण्डवी गाउँपालिका–१ त्रिबेणी धामको मन्दिरमा मुख्यमन्त्री चौधरीले एकादशीको अवसर पारी त्रिशुल स्थापनाका साथै स्वामिको बिरुवा समेत रोपेका हुन् ।
मन्दिर परिसरको अवलोकनको क्रममा प्रदेश कार्यालयबाट मन्दिर संरक्षणका लागी मैले पहल गर्ने आश्वाशन दिँदै आफुलाई धर्म प्रति आस्था भएको हुँदा त्रिबेणी धामको दर्शन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । त्रिबेणी धामको महत्वलाई मध्यनजर गर्दै स्थानीय सरकारले यस क्षेत्रको विकासको लागि बिशेष ध्यान दिनु पर्ने समेत बताए ।