उ.वा. संघ र होटल व्यवसायी संघ चितवनको आयोजनामा वेटर तालिम समापन
मेरो आर्थिक
असाेज २३ गते २०८०
समयः ६:५० am
उद्योग वाणिज्य संघ–चितवन र होटल व्यवसायी संघ चितवन माडी एकाईको संयुक्त आयोजनामा जारी एक हप्ते वेटर तालिम सकिएको छ ।
माडीका होटल व्यवसायीहरुको क्षमता एवं दक्षता विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिमको समापन समारोहमा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथी रहनु भएको थियो ।
समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी महतोले माडी पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको वताउँदै यस किसिमका तालिमले पर्यटन प्रवद्र्धनमा मात्रै नभएर व्यवसायीक अभिबृद्धिमा समेत महत्वपुर्ण भूमिका खेल्ने वताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चिरन्जीवि सुवेदीले व्यवसायीको माग र आवश्यकताको आधारमा संघले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने वताउनु भयो । प्रशिक्षक योगेन्द्र मण्डलले अवसर दिनु भएकोमा संघप्रति आभार व्यक्त गर्दै तालिममा सिकेको सीपलाई दैनिक जीवनमा प्रयोग गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो ।
होटल व्यवसायी संघ चितवन अन्तरगत माडी इकाईका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी ३ का वडाध्यक्ष पुरन महतो, उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य रेशमलाल आचार्य, कार्यकारी निर्देशक निल बहादुर केसीलगायतको सहभागिता रहेको थियो । तालिम यहि असोज १६ गते देखि सुरु भएको थियो ।